सवारीको वक्यौता कर र जरिवाना तत्काल नउठाइने
पाेखरा | साउन १२, २०७९
पोखरा: यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले अघिल्लो आर्थिक वर्षको वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन नभएसम्म नउठाउने स्पष्ट पारेको छ ।
कार्यालयले सुचना जारी गर्दै अर्को सुचना प्रकाशन नभएसम्म बक्यौता कर तथा जरिवाना संकलन नगर्ने बताएको हो ।
कार्यालय प्रमुख डिल्लीराम रिज्यालले प्रदेश सरकारले २ सय प्रतिशत उठाउँदैं आएको कर तथा जरिवानालाई घटाएको बताउदै सरकारको परिपत्र नआएसम्म सवारी कर तथा जरिवाना संकलन नगर्ने बताए ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा सवारी साधन कर जरिवाना सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएकाले गत आर्थिक वर्ष ०७८÷०८९ र सो अगाडिका आर्थिक वर्षहरुका तिर्नुपर्ने वक्यौता कर तथा जरिवाना अर्को सुचना प्रकाशन भएपछि मात्रै उठाउन सुुरु गरिने बताइएको छ ।
सवारी कर अब २० प्रतिशत मात्रै
गण्डकी प्रदेश सरकारले सवारी साधनको कर २ सय प्रतिशतबाट घटाएर २० प्रतिशत मात्रै उठाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको अध्यक्षतामा बुधबार बसेको आकस्मिक बैठकबाट उक्त निर्णय गरेको हो ।
यही साउनको १ गतेबाट यातायात व्यवस्था कार्यालय कास्कीले प्रदेश सरकारको परिपत्र अनुसार २ सय प्रतिशत सवारी करको जरिवाना असुल्दै आएको थियो । चौतर्फी विरोधभएपछि उक्त निर्णय फिर्ता लिएको हो ।
सो समयमा म्याद सकिएको अर्को दिनमै २ सय प्रतिशत शुल्क असुलेको थियो । अब पहिलेजस्तै सेवाग्राहीले ९० दिनको थप समय पाउँनेछन् । निर्णय भैसकेपनि कार्यान्वयन हुनका लागि संशोधन भएको निर्णय राजपत्रमा प्रकाशित हुनुपर्ने प्रावधान रहन्छ । यथाशिघ्र राजपत्रमा प्रकाशन गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

